
फाइल फोटो
काठमाडौं, साउन १७ । व्यवस्थापिका–संसदको सोमबारको बैठकले पूर्वसभासद एवं पूर्वअर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले पढेर सुनाएको पूर्वसभासद लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
तत्कालीन नेकपा माओवादीको तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका लिम्बूको असमायिक निधन भएकामा बैठकले गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
४८ वर्षीय पूर्वसभासद लिम्बूको यही साउन १३ गते धनकुटाको सिदुवाबजारमा बस दुर्घनामा परी निधन भएको थियो ।
लिम्बू हाल नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य थिए । बैठक सोमबारै आधाघन्टापछि पुनः बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्