
फाइल फोटो
अपडेट
काठमाडौं, साउन १७ । नयाँ प्रधानमन्त्रीका लागि यही साउन १९ गते व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय पद्दतिअनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरेलगत्तै सोमबार सभामुख ओनसरी घर्तीले बुधबार मध्याह्न ११ बजे प्रधानमन्त्री चयनका लागि मतदानको तिथि निर्धारण गरेकी हुन् ।
त्यस्तै, प्रधानमन्त्रीका उम्मेदवारी मनोनयन गर्नका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।
मंगलबार दिउँसो साढे ४ बजे उमेदवारको सूची प्रकाशन गरिनेछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।
नेकपा एमालेले प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्