Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीनबुँदे सहमति


0
Shares

                                                                   फाइल फोटो 

काठमाडौं, साउन १८ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा तीनबुँदे सहमति भएको छ ।

व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

तीन पक्षकाबीचमा भएको सहमति केहीबेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । रासस