Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रधानमन्त्रीका लागि दाहालको उम्मेदवारी दर्ता, प्रस्तावक र समर्थक को–को ? (भिडियो)


0
Shares

काठमाडौं, साउन १८ । नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार आफ्ना समर्थक दलका नेताहरुकासाथ व्यवस्थापिका–संसद भवनको ल्होत्सेहल पुगेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

‘दाहाललाई प्रधानमन्त्री निर्वाचित गरियोस्’ भन्ने प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा माओवादी केन्द्रका कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झाका साथै संघीय गठबन्धनका तर्फबाट उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण समर्थक बसेका छन् ।

उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएपनि सत्ताबाट बाहिरिन लागेको नेकपा एमालेले भने प्रधानमन्त्रीमा पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेकाले दाहालकोमात्र उम्मेदवारी पर्नसक्ने देखिएको छ ।

उमेदवारको अन्तिम सूची भने मंगलबार अपराह्न साढे ४ बजे प्रकाशन गरिनेछ ।

दलहरुले सहमतीय सरकार बनाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय पद्दतिअनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि संसदले नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतीय बाटो अवलम्बन गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्