Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


एमालेले किन दिएन प्रधानमन्त्रीमा उम्मेदवारी ? (भिडियो)


0
Shares

काठमाडौं, साउन १८ । नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिइ विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीका लागि एमालेबाट उम्मेदवार बनाउन उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको नाममा छलफल भएपनि केही नेताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको विपक्षमा मतदान गरेपछि प्रमुख प्रतिपक्षको हैसियत प्राप्त हुने भन्दै प्रधानमन्त्रीको उम्मेदवारी नदिन सुझाएपछि यो निर्णय गरिएको हो ।

बैठकले २०७४ माघ अगाडि तीनैओटा निर्वाचन गरी सक्नुपर्ने निर्णय पनि गरेको छ ।

राजनीतिक रिक्तत्ता र संवैधानिक शून्यता आउन नदिन र संविधान कार्यान्वयनका लागि पार्टीले रचनात्मक भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय अखन्डता र सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप गरिए त्यसको एमालेले भन्डाफोर गर्ने चेतावनी एमालेले दिएको छ ।

भिडियो हेर्नुहोस्