
काठमाडौं, साउन १८ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सप्तरीको तिलाठी घटनामा भारतको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियुको टोलीले मंगलबार तिलाठीको अवलोकनपछि भारतले एकलौटी ढंगले खाँडो नदीमा बाँध बाँधेर तिलाठीलाई डुबानमा पार्न खोजेको भन्दै दुःख व्यक्त गरेको हो ।
तिलाठीको अवलोकनपछि अनेरास्ववियुका अध्यक्ष नवीना लामाले भारतको उक्त कदमविरुद्ध आफूहरुले आवाज उठाउने बताएको जनाइएको छ ।
उनले ‘भारतले तिलाठीबासीलाई दिएको दुःख आफूहरुले टुलुटुलु हेरेर’ नबस्ने बताइन् । उनले भारतको उक्त व्यवहार सह्य नहुने पनि जनाइन् । आफूहरुको विरोध भारतीय नागरिकप्रति भने नभएको उनको भनाइ थियो ।
सप्तरीको तिलाठी हुँदै भारत जाने खाँडो नदीमा भारतीय पक्षले नेपाली भूमिमा बाँध बाँधेपछि गत साउन १३ गते तिलाठीबासी र भारत, कुनालीका स्थानीयबासीबीच झडप भएको थियो ।
उक्त घटनापछि नेपाल र भारतीय अधिकारीहरुबीच तत्काल बाँध निर्माण अघि नबढाउनेलगायतका तीनबुँदे सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्