Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


‘रेलमार्ग कुन पैसाले बन्छ ?’ हेर्नोस्, ओलीलाई दाहालको जवाफ (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन १९ । नवर्निवाचित प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवस्थापिका–संसद बैठकमा बुधबार आफ्नो उम्मेदवारी प्रस्तुत् गर्दै उनले निवर्तमान प्रधानमन्त्री केपी ओलीले स्रोत देखाइदिए आफूले हुलाकी राजमार्ग, फास्ट ट्रयाक जस्ता दुरगामी महत्वका विकास योजनाहरु अघि बढाउने बताए ।

ओली नेतृत्वको सरकारले गरेको कामको स्वामित्व नेकपा माओवादी केन्द्रको पनि भएको भन्दै उनले चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गरिने दाबी पनि गरे ।

उनले ठूला सपना देखाउँदैमा मुलुकले समृद्धि हासिल गर्न नसक्ने भन्दै राजश्वले साधारण खर्च धान्न नसकेको अवस्थामा ‘केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग कुन पैसाले बन्छ ?’ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्रीको उम्मेदवारीमा दाहाललाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता र कार्यान्वयनका लागि सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

यस्तै, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर आफूहरुले उठाएका माग सम्बोधन गर्ने सहमतिलाई सकारात्मक भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्