Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


एमाले जिम्मेवाररुपमा प्रस्तुत् हुन्छ : ओली, ओली सरकार सफल : थापा


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, साउन १९ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवाररुपमा प्रस्तुत् हुने बताएका छन् ।

व्यवस्थापिका–संसदको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिनेक्रममा पत्रकारद्वारा ‘अब एमाले कुनरुपमा प्रस्तुत हुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनको संक्षिप्त जवाफ थियो–‘जिम्मेवाररुपमा प्रस्तुत् हुन्छ ।’

ओली सरकार सफल : थापा
यसैगरी, पत्रकारसँग कुरा गर्दै निवर्तमान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार सफल रहेको दाबी गरे र कठिन र चुनौतीपूर्ण घडीमा निर्वाचित भएकामा दाहाललाई बधाइ दिए ।

संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसंगमाथि टिप्पणी गर्दै उनले आफ्नो दलको पनि संविधानमा असहमति रहेपनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पस्ट गरे ।

मधेस आन्दोलनकाक्रममा मृतकलाई सहिद घोषणालगायतका विषय यसअघिको सरकारले पनि टुंगो लगाउन खोजेको पनि उनले उल्लेख गरे । रासस