काठमाडौं, साउन २० । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भएपछि उनको निवासमा बधाई र शुभकामन दिनेहरुको भीड लाग्न थालेको छ ।
दाहाल निवास लाजिम्पाटमा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार, कलाकारलगायतको भीड लागेको हो । विहीबार विहान उनको निवासमा निकै रमझम देखिएको थियो ।
प्रचण्डलाई बधाई दिन पुगेकाहरुले संविधान कार्यान्वयन गरेर मुलकलाई निकास दिन आग्रह गरेका छन् । उनीहरुले मुलुकलाई अगाडि बढाउन आर्थिक विकासमा जोड दिन सुझाव दिएका छन् ।
यसैगरी सर्वसाधारणले पनि प्रचण्डलाई उनकै निवासमा पुगेर शुभकामना दिएका छन् । दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका दाहालबाट आफूहरुले धेरै आशा र अपेक्षा गरेको त्यहाँ पुगेका सर्वसाधारणले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्