काठमाडौ, साउन २० । नेपाल बिद्यार्थी संघको विधिवत महाधिवेशनको माग सहित अनशनमा बसेका बिद्यार्थी नेता गणेश सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उनकी श्रीमती गौरी पौडेलले जीवनरक्षाका लागि अपिल गरेकी छिन् ।
विगत ६ दिनदेखि बिधिवत महाधिबेशन हुनुपर्ने, फर्जी प्रतिनिधि खारेज गरी नयाँ प्रक्रिया थाल्नुपर्ने लगायतका माग राखी नेबिसंघका नेता कुन्दराज काफ्लेको नेतृत्वमा आमरण अनशन थालेका बिद्याथी नेता सापकोटाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै उनकी श्रीमती पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष यस्तो अपिल गरेकी हुन् ।
अपिल पत्रमा भनिएको छ, ‘मेरा श्रीमान यसभन्दा अघि पनि अनशन बस्नुभो, माग पुरा गर्ने सहमति भएको थियो, अहिले फेरी पार्टीको आन्तरिक बिबादका कारण अनशन बसेको ६ दिन भैसक्यो स्वास्थ्य अबस्था निकै बिग्रिएको छ ।’
उनले अनशनमा गम्भीर भएका श्रीमानसहित रत्नहरि ढुंगेलको पनि जीवरक्षा गरिदिन पार्टीसमक्ष आग्रह गरेकी छिन् । उनले आफ्ना श्रीमान तलमाथी केहि भएमा प्रजातन्त्र माग्दै आफूले समेत बलिदानी दिने चेतावनी समेत दिएकी छिन् ।
अनशनमा रहेका बिद्यार्थी नेताहरुलाई महाधिबेशन निर्देशन समतिका संयोजक डा.प्रकाशशरण महत, सदस्य प्रदिप पौडेल लगायतका नेताहरुले भेटेर अनशन तोड्न आग्रह गरेपनि उनीहरुले माग पुरा नभएसम्म जारी राख्ने बताएका छन् ।
चिकित्सकले उपचार गर्नुपर्ने सल्लाह दिएपनि अनशनमा बसेकाहरु उपचार गर्न नमानेको नेबिसंघका नेता डिल्ली सुवेदीले जानकारी दिए ।
पार्टीले यहि साउन २३ देखि २६ गतेसम्मका लागि महाधिबेशन तय गरेको छ । आन्तरिक विवादका कारण पार्टीको हस्तक्षेपका कारण काँग्रेसको नर्सरीका रुपमा रहेको नेबिसंघको बिगत लामो समयदेखि हुन सकेको छैन् ।










प्रतिक्रिया दिनुहोस्