फाइल फोटो
काठमाडौं, साउन २० । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकारमा कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विहीबार भएको वार्तापछि यो सहमति भएको बताइएको छ ।
यो सहमतिसँगै नवनिर्वाचित प्रधानमन्त्री दाहालले विहीबारै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।
सुरुमा कांग्रेस र माओवादी केन्द्रका बढीमा तीन/तीनजना सहभागी हुने गरी मन्त्रीको नाम पठाउने तयारी नेताहरुले गरेका छन् ।
नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्ने टुंगो लागेको बुझिएको छ । यस्तै, पहिलो चरणमा कांग्रेसबाट अर्जुननरसिंह केसी र रमेश लेखक मन्त्री बन्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्