Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेसबाट पहिलो चरणमा निधि, केसी, लेखक मन्त्री, माओवादीबाट को–को ?


0
Shares

काठमाडौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथसँगै नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुंगो लागेको छ ।

नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ । निधिले गृह, अर्जुननरसिंह केसीले रक्षा एवं रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्नेछन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसँगै कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतले शपथ लिने बुझिएको छ ।

प्रवक्ता पम्फा भुसालले पार्टीबाट मन्त्री हुनेको टुंगो केहीबेरमै लाग्ने जानकारी दिइन् ।

कांग्रेस र माओवादी केन्द्रलगायतका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ ।

अरु साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको संख्यामा थपघट हुनसक्ने बताइएको छ । रासस