२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देउवाले दिए आश्वासन, पौडेल निवासमा नाराबाजी र झडप (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको आसन्न महाविधेशनअघि नै प्रतिनिधि छनोटमा देखिएको विवाद समाधान गर्ने आश्वासन दिएका छन् ।

विद्यार्थी नेता कुन्दनराज काफ्लेको नेतृत्वमा विहीबार देउवा निवास पुगेका असन्तुष्ट विद्यार्थीहरुसँगको छलफलमा देउवाले शुक्रबार (भोलि) बिहानसम्म विद्यार्थी संगठनको विवाद मिलाउने बताएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वसभापति रन्जित कर्ण नेतृत्वको समूहले करिब ७ सय फर्जी विद्यार्थीहरुलाई महाविधेशन प्रतिनिधि बनाएको आरोपसहित असन्तुष्ट पक्ष विगत ६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसिरहेको छ ।

यही विषयमा विद्यार्थीहरुले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनीहरुकै निवासमा पुगेर शुक्रबार ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, विद्यार्थीहरुको मागलाई बेवास्ता गर्दै पौडेल निवासबाट बाहिरिएको भन्दै विहीबार बिहान पौडेलको काठमाडौंको बोहोराटारस्थित निवासमा विद्यार्थीहरुले नाराबाजीसमेत गरेका छन् ।

त्यसक्रममा सुरक्षाकर्मीसँग सामान्य झडपसमेत भएको थियो ।

प्रतिनिधि छनोटका विषयमा देखिएको विवादलाई लिएर पार्टी कार्यालय सानेपामा बाग्लुङका विद्यार्थी गणेश सापकोटा र रामेछापका रत्नहरि ढुंगेल विगत ६ दिन देखि आमरण अनशनमा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्