
काठमाडौं, साउन २१ । ब्राजिलका आजबाट सुरु हुने रियो ओलम्पिकमा नेपालका ७ खेलाडी सहभागि हुँदैछन् ।
यसपटक नेपालबाट पौडीका शिरिष गुरुङ र गौरीका सिंह, एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।
यी ७ खेलाडीमध्ये आर्चरीका मोक्तानले आजै प्रतिस्पर्धा गर्दैछन् । दुईदिन अघि रियो पुगिसकेका मोक्तानले खेलस्थलमा अत्यधिक हावा चल्ने भएकाले केही कठिन हुने प्रतिक्रिया दिएका छन् ।
तर रियोमा अहिलेको मौसम नेपालको जस्तै भएकाले नेपाली खेलाडीलाई मौसमकै कारण भने खासै कठिन नहुने अनुमान गरिएको छ ।
मोक्तानले आर्चरी अर्थात धनुषवाणको व्यक्तिगत रकिर्भ विधामा प्रतिस्पर्धा गर्दैछन् ।
अन्य नेपाली खेलाडीमध्ये पौडीकी गौरिका सिंहले सय मिटर ब्याकस्ट्रोक, शिरिष गुरुङले सय मिटर फ्रिस्टाईल, एथ्लेटिक्सका हरी रिमालले ५ हजार मिटर, सरस्वती भट्टराईले १५ सय मिटर, जुडोकी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनी तथा तेक्वान्दोकी निशा रावलले महिला ६७ केजी मुनी प्रतिस्पर्धा गर्दैैछन् ।
प्रतिक्रिया दिनुहोस्