२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिंहदरवारमा संघीय गठबन्धनसँग वार्ता, तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता


0
Shares

काठमाडौं, साउन २१ । सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच शुक्रबार छलफल भएको छ । नयाँ सरकार गठन भएसँगै गठबन्धनका माग पूरा गर्ने विषयमा छलफल भएको हो ।

सिंहदरबारमा भएको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

बैठकमा मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले बेहोर्ने सहमति भएको हो ।

वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादु महरा उपस्थित थिए ।

गठबन्धनका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी लगायत सहभागी थिए ।