काठमाडौं, साउन २१ । सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।
मधेसी मोर्चासँग गरिएको तीन बुँदे सहमति अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए ।
मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा घाइते भएकालाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने जानकारी दिए ।
यसैगरी मधेस आन्दोलनमा भएको भनिएको शक्ति प्रयोगको छानविन गर्न र मुद्दा फिर्ताका लागि गृह मन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्