३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


प्रधानमन्त्रीको प्रमुख सचिवमा महरा, स्वकीय सचिवमा पुत्र प्रकाश र रमेश नियुक्त


0
Shares

                                                             प्रकाश दाहाल

काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवकारुपमा कार्यरत् थिए ।

यसैगरी, स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् । रासस