३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


प्रधानमन्त्री दाहाललाई श्रीलंकाको बधाइ


0
Shares

काठमाडौं, साउन २२ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाइ र सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई विक्रमसिंगेले शनिबार बिहान टेलिफोन गरी उनको कार्यकालमा नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले अगामी दिनमा नेपाल र श्रीलंकाबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बधाइका लागि धन्यवाद दिएका थिए । रासस