
फाइल फोटो
भक्तपुर, साउन २२ । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन षड्यन्त्र भइरहेको बताएका छन् ।
एमाले अनन्तलिंगेश्वर नगरपालिका–१४ कमिटीले गुन्डुको किवाचोमा आयोजना गरेको प्रशिक्षण एवं पार्टी प्रवेश कार्याक्रममा उनले ‘त्यस्तो षड्यन्त्रलाई एमालेले चिर्नेछ’–भने ।
‘संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र सबै निर्वाचन सम्पन्न गरिसक्नुपर्छ तर अझैपनि संविधान कार्यान्वयन हुन नदिने र निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ, त्यसविरुद्ध एमाले चुप लागेर बस्दैन’–उनले भने ।
उनले केपी शर्मा ओली नेतृत्व सरकारले प्रभावकारी काम गर्दा कतिपय पार्टीलाई प्रिय नलागेका कारण एमालेलाई सरकारबाट हटाउने षड्यन्त्र र दाउपेच गरिएको विचार राखे ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको बताए ।
कार्यक्रममा सांसद केदार सञ्जेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, एमाले २ नम्बर क्षेत्रीय कमिटी सदस्य रवीन्द्र सापकोटा, नेता भाइकृष्ण श्रेष्ठलगायतले समयमै निर्वाचन गराउन एमालेले सरकारलाई दबाब दिनुपर्ने औल्याए । रासस
प्रतिक्रिया दिनुहोस्