
फाइल फोटो
काठमाडौं, साउन २२ । राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ । दुबै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो ।
व्यवस्थापिका–संसदमा राप्रपा नेपाल चौथो ठूलो दल हो । उक्त पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौं ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुबै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुबै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिए ।
उनकाअनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि, राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभइ प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्