Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कम्युनिटी शिल्डको उपाधि म्यान्चेस्टर युनाईटेडको पोल्टामा


0
Shares

काठमाडौं, साउन २४ । इंग्लिश कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ ।

आइतबार राती भएको खेलमा प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीलाई २-१ ले हराँउदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्ड र ज्लातन ईब्राहिमोभिचले एक एक गोल गरे ।

पराजित टोली लेष्टर सिटीका लागि जेमी भार्डीले एक गोल फर्काएका थिए । कम्युनिटी शिल्ड फुटबललाई इंग्लण्डमा नयाँ सिजनको फुटबलको सुरुवाती प्रतियोगिता मानिन्छ ।

यो खेल भएको एक हप्तापछि प्रिमियर लिग फुटबल सुरु हुने व्यवस्था छ । कम्युनिटी शिल्डमा अघिल्ल्लो सिजनको लिग र एफ.ए कप च्याम्पियन क्लवहरुले खेल्ने गर्दछन् ।

रातीको जितसँगै म्यानचेस्टर युनाईटेडका नयाँ प्रशिक्षक जोजे मौरिन्होले नयाँ क्लवमा विजयी सुरुवात गर्दै उपाधि समेत जिताएका छन्

यसअघि चेल्सीबाट प्रायः सबै घरेलु प्रतियोगिता जिताएका मौरिन्होले म्यान्चेस्टर युनाईटेडलाई फेरी युरोपियन उपाधिको दावेदारबनाउने अपेक्षा गरिएको छ ।