Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


स्वीमिङमा प्रतिश्पर्धा गर्नु अघि गौरिकाको पोशाक कसरी च्यातियो ?


0
Shares

काठमाडौं, साउन २४ । रियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडीका रुपमा विश्वमै चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहको ‘स्वीम सुट’ अचानक च्यातियो ।

प्रतिश्पर्धामा उत्रनु अघि आफ्नो स्वीम सुट च्यातिएपछि गौरिका अन्यौलमा परिन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गौरिकाले लन्डनमा रहेका आफ्ना नियमित प्रशिक्षकलाई तत्कालै म्यासेज गरिन् र आफ्नो पोशाक च्यातिएको जानकारी दिइन् । उनले सोधिन्, ‘मेरो पोशाक च्यातियो, म पोशाक परिवर्तन गरौं वा यत्तिकै प्रतिश्पर्धामा जाऔं ?’

उनलाई लन्डनबाट प्रशिक्षकले सन्देश दिए– ‘पोशाक परिवर्तन गरेर प्रतिश्पर्धामा जाऊ ।’

समाचार एजेन्सीहरुका अनुसार गौरिकाले आफ्नो स्वीम सुट माथि तान्ने कोसिस गरिरहँदा उनको नङले प्वाल पारेको थियो ।

१०० मिटर ब्याक स्ट्रोकमा प्रतिश्पर्धा गरेकी गौरिकाले अर्को चरणमा स्थान बनाउन नसके पनि उनी अन्तर्राष्ट्रिय संचारमाध्यममा छाउन सफल भएकी छन् । विश्वका विभिन्न संचारमाध्यमले उनको प्रशंसा गरेका छन् ।