
काठमाडौं, वैशाख ५ । मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य पाएको छ ।
कुवेतसँग भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले प्रतिद्वन्द्वी टिमलाई १५७ रनमा सीमित गरेको हो । ४९ ओभर चार बल सामना गर्दै कुवेतले १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालका लागि रोहितकुमार पौडेलले तीन विकेट लिए भने कुशल मल्ल, सुर्य तामाङ र रशिद खानले दुई–दुई विकेट लिए ।
नेपालले कुवेतविरुद्ध जित हासिल गर्नुका अतिरिक्त युएई र ओमनबीच भइरहेको खेलमा ओमन विजयी भएमामात्र नेपालका लागि सुखद् नतिजा आउन सक्छ । प्रतियोगिताका विजेता टोली विश्वकपका लागि छानिने छ ।
प्रतियोगितामा हालसम्म युएई अपराजित रहँदै शीर्षस्थानमा छ । नेपालले भने एक खेलमा पराजय झेलेको छ ।
प्रतिक्रिया दिनुहोस्