भुवन भट्ट/सुयेश मानन्धर (इमेज)
काठमाडौं, साउन २४ । प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको महाधिवेशनले पूर्णता पाउला/नपाउला भन्ने निश्चित नरहेपनि चुनावी माहौल भने निकै तातिएको छ ।
विद्यार्थी संगठन भएपनि महाधिवेशन निकै तामझामपूर्ण र भड्किलो रहेको छ ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आर्दश र सिद्धान्त मान्ने नेपाल विद्यार्थी संघको यसपटकको महाधिवेशनमा जुनखाले प्रवृत्ति देखिएको छ, यो कुनैपनि विद्यार्थी संगठनका लागि सुहाउन सक्दैन ।
यो भड्किलो प्रचार–प्रसारले नेविसंघ आफ्नो आदर्शबाट टाढा पुगिसकेको त होइन भन्ने प्रश्न पनि उब्जाएको छ ।
केही समयअगाडि सम्पन्न एमाले भ्रातृसंगठन अनेरास्ववियुको महाधिवेशनमा जस्तै तडक–भडकका दृश्य नेवि संघको महाधिवेशनमा पनि देखिएको छ ।
पार्टीको भातृ तथा सुभेच्छुक संस्थाहरुमा देखिने यस्तो प्रवितिले लोकतन्त्रलाई मात्र होइन, देशलाईसमेत नराम्रो असर गर्ने चिन्ता पनि छाएको छ ।
अहिले नेविसंघ विद्यार्थीको हक–हितको मुद्दामा भन्दापनि पार्टीभित्रको गुटको आधारमा चलेको आलोचना भैरहको छ ।
विद्यार्थीले चुनावी प्रक्रियाद्वारा आफ्नो नेतृत्व छान्न सक्लान । तर, धेरै विद्यार्थीहरु विश्वस्त हुन सकिहरेको छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्