काठमाडौं, साउन २५ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली सरकारबाट बाहिरिएपछि नियमित रुपमा पार्टी कार्यालय जान थालेका छन् ।
उनी अब बिहान ११ बजेदेखि साँझसम्म नै पार्टीको आन्तरिक काम र भेटघाटमा व्यस्त रहने बताइएको छ ।
सरकारबाट बाहिरिएपछि अध्यक्ष ओलीले भारत, जापानलगायतका राजदुतसँग पनि भेट गरिसकेका छन् ।
प्रधानमन्त्री पदमा रहँदा पार्टीका सबै तहका नेता कार्यकर्तालाई भेट्न सम्भव नभएको र भेट हुँदा पनि औपचारिकतामा मात्रै सिमित रहेकाले पार्टी कार्यालयमा निरन्तर आउन सुरु गर्नुभएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्