
काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राप्रपासँग अब पार्टी एकताको अध्याय नै समाप्त भएको बताएको छ ।
राप्रपा नेपालले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरणको च्याप्टर समाप्त भएको बताएका हुन् ।
सत्तास्वार्थमा फसेर राप्रपा अध्यक्ष राणाले एकता भाँडेको थापाको आरोप थियो ।
उनले एउटा बलियो राष्ट्रवादी शक्ति बनाउने उद्देश्यले आफूहरु एकताका लागि तयार भएपनि अदृष्य शक्तिको आडमा राप्रपा अध्यक्ष राणाले एकता भाँडेको जिकिर पनि गरे ।
राप्रपा नेपाल र राप्रपाबीच मंगलबर (आज) पार्टी एकता घोषणा गर्ने तयारी भएकोमा सोमबार राप्रपाले एकलौटीरुपमा दुईजनालाई सरकारमा पठाएपछि एकता भाँडिएको हो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्