
फाइल फोटो
काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रको बैठक सरकारमा पठाउने व्यक्तिहरुको नाम टुंगो लगाउन असफल भएको छ ।
मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन मंगलबार बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि सबै जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने निर्णय भएको जनाइएको छ ।
सरकारमा जाने व्यक्तिहरुको विषयमा विवाद भएकाले प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको भागमा परेको ‘कोटा’ पनि पूर्ति गर्न सकेका छैनन् ।
सरकारको साझेदार नेपाली कांग्रेसभित्र पनि यही विवाद चर्केको छ ।
प्रतिक्रिया दिनुहोस्