२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘कालोबजारी अन्त्यका लागि आवश्यक गृहकार्य सुरु भइसक्यो’


0
Shares

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले कालोबजारी अन्त्यका लागि आवश्यक गृहकार्य थालिसकेको बताएका छन् ।

आज आफ्नै सरकारी निवास बालुवाटारमा ग्यास बिक्रेता महासंघलगायत विभिन्न संघ संस्थासँगको भेटमा उनले कालोबजारीले सर्वसाधरणलाई मार परेको भन्दै कालोबजारी अन्त्य गर्न निर्देशन दिइसकेको बताए ।

आफ्नो सरकार गरिव र विपन्न वर्गको भएको भन्दै जनतालाई राहत मिल्ने कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

यसैगरी नेपाल निर्माण व्यवसायी महासंघ, बौद्ध गुम्बा जागरण महासंघ, गुरुनानक सत्संग, बर्हिगमन जनमुक्ति सेना नेपाललगायतका प्रतिनिधिहरुले पनि आजै भेटी सफल कार्यकालको शुभकामना दिएका थिए ।