Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


बुलेट खरिद प्रकरणमा संसदीय समितिको निर्देशन मन्त्रालयद्वारा अस्वीकार


0
Shares

काठमाडौं, साउन २८ । आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको निर्देशन ठाडै अस्वीकार गरेको छ ।

समितिले रोकिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न दिएको निर्देशन १० दिन बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनमा नल्याएर ठाडै अस्वीकार गरेको हो ।

समितिले बहुमत सांसदको अभिमतअनुसार साउन १८ गने मन्त्रालयलाई रोक्का गरिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न निर्देशन दिएको थियो । बैठकमा मन्त्रालयका तर्फबाट सचिव श्रीधर सापकोटा, सहसचिवद्वय आनन्दराम रेग्मी र उत्तम नागिला सहभागी थिए ।

काम चलाउ ओली सरकारले अन्तिम समयमा आपूर्ति मन्त्रालयको आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका श्रममन्त्री दिपक बोहोराको निर्देशनमा विनियमावली नभएको भन्दै भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको प्रभावमा बुलेट खरिद प्रक्रियामा रोक लगाइएको थियो ।

ओली सरकारमा आपूर्ति मन्त्रालय सम्हालेका गणेशमान पुनको समयमा मन्त्रालय, ग्यास उद्योगी र समितिको दर्जनौं पटकको छलफलपछि समिति र स्वयं मन्त्रालयले पनि बुलेट खरिद गर्न भनेर उद्योगीलाई मार्गप्रसस्त गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट