२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अमेरिकी पौडीबाज माईकल फेल्प्स कीर्तिमान थप्दै, ओलम्पिकमा फेल्प्सलाई २२ औं स्वर्ण


0
Shares

काठमाडौं, साउन २८ । अमेरिकी पौडीबाज माईकल फेल्प्सले ओलम्पिक खेलकुदमा आफ्नो कीर्तिमानी पदक संख्यालाई २२ पुर्‍याएका छन् ।

रियो ओलम्पिकअन्तर्गत शुक्रबार बिहान भएको पुरुष २ सय मिटर मिड्लेमा स्वर्ण पदक जित्दै फेल्प्सले ओलम्पिक स्वर्ण पदकको संख्या २२ पुर्‍याएका हुन् ।

रियो ओलम्पिकमा भने फेल्प्सको यो चौथो स्वर्ण पदक हो । रियोमा फेल्प्सले यसअघि दुई सय मिटर बटरफ्लाई र चार गुणा सय मिटर रिले र चार गुणा दुई सय मिटर रिलेमा स्वर्ण पदक जितिसकेका छन् ।

फेल्प्सले अब २३ औं स्वर्ण पदकको लागि भोलि सय मिटर बटरफ्लाईको फाईनल खेल्दैछन् ।