
दाङ, साउन २८ । दाङको तुुलसीपुरलगायत आसपासका क्षेत्रमा दैनिकजसो हुने गरेको अनियमित लोडसेडिङ र ‘लो भोल्टेज’का कारण उपभोक्ता मारमा परेका छन् ।
अनियमित लोडसेडिङका कारण सबैभन्दा बढी उद्योग, कलकारखाना, बैंक तथा सञ्चार माध्यम मारमा परेका छन् ।
दैनिक ११ घण्टाको लोडसेडिङ तालिका भए पनि विद्युत् आपूर्ति भएका बेलामासमेत छिनछिनमा विद्युत् जाने–आउने र विद्युत आएको बेला पनि ‘लो भोल्टेज’ हुँदा हैरानी बेहोर्नुपरेको उपभोक्ताको गुनासो छ ।
विद्युत अनियमित हुँदा मेसिनरी सामानसमेत बिग्रिएको गुनासो उद्योगीहरुको छ । तुलसीपुर क्षेत्रमा मात्रै साना–ठूला गरी ४ सयको हाराहारीमा उद्योग, व्यवसाय तथा कलकारखाना छन् ।
प्रतिक्रिया दिनुहोस्