
ब्राजिल, साउन २८ । रियो ओलम्पिक आयोजक समितिले भारतीय खेलमन्त्री विजय गोयलको मान्यता (एक्रेडिटेशन) रद्द गर्ने चेतावनी दिएको छ ।
रियो ओलम्पिकमा खेलाडीको हौसला बढाउन भन्दै ब्राजिल पुगेका भारतीय खेलमन्त्री गोयलको व्यवहारका कारण उनको मान्यता नै रद्द गर्ने अवस्था आएको आयोजक समितिको भनाई छ ।
समाचार एजेन्सीहरुका अनुसार गोयलले केही सहयोगीलाई ओलम्पिक प्रतियोगितामा विशिष्ट अतिथिहरुका लागि प्रवेश अनुमति दिइने क्षेत्रमा विना पास लैजान खोजेपछि विवाद भएको हो ।
यस क्रममा गोयलले देखाएको व्यवहार ‘अशोभनीय’ रहेको रियो ओलम्पिक आयोजक समितिको भनाई छ । समितिका तर्फबाट भारतीय टोलीका प्रमुख राकेश गुप्तालाई यसबारे पत्र पठाइएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्