१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सबैसँग सहमति गरेरमात्रै निर्वाचन : बाबुराम


0
Shares

काठमाडौं, साउन २८ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सबै पक्षबीच सहमति कायम गरेरमात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

सो पार्टीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनमा देखिएका जटिलतालाई हल गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा भट्टराईले आफ्नो पार्टीको तर्फबाट गतिरोधको अन्त्य, सीमांकन परिमार्जन, शासकीय स्वरुपमा संशोधनलगायतका विषयमा धारणासमेत राखेका थिए ।