१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


संविधान कार्यान्वयनमा मधेसी दलले सहयोग गर्छन् : गृहमन्त्री


0
Shares

पोखरा, साउन २८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समीकरणले राजनीतिक प्रस्थानबिन्दू खोजेर अघि बढ्ने बताएका छन् ।

शुक्रबार कास्कीको लेखनाथमा आयोजित कार्यक्रममा उनले आन्दोलनरत् पक्षका मागहरु सम्बोधनका लागि प्रयास गर्ने पनि बताए ।

कांग्रेस–माओवादी केन्द्रबीच भएको सातबुँदे र कांग्रेस–माओवादी गठबन्धन र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीनबुँदे सहमतिले आन्दोलनरत् मधेसीका मागलाईसमेत समेट्ने भन्दै निधिले संविधान कार्यान्वयनमा मधेसी दलले पनि सहयोग गर्ने बताए ।