१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच भेटबार्ता


0
Shares

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

भेटमा राष्ट्रपति भण्डारीले सरकार विस्तारबारे चासो राख्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारका लागि तयारी भइरहेको र भोलिसम्ममा गरिने जानकारी राष्ट्रपतिलाई गराएका थिए ।