
झापा, साउन २९ । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले जनताको अभिमतलाई समयमै सम्मान गर्न नसक्दा अहिले आफ्नो पार्टी मुलुकको तेस्रो शक्तिमा खुम्चिनुपरेको बताएका छन् ।
शनिबार झापाको विर्तामोडमा गरिएको पार्टी एकता भेलालाई सम्बोधन गर्दै नेता कार्कीले अबपनि जनताको अभिमतलाई सम्मान गर्न नसके कहिल्यै नउठ्ने गरी पार्टी समाप्त हुने जिकिर गरे ।
उनले शान्ति–प्रक्रियालाई टुंगोमा पुर्याउन नेपाली कांग्रेससँग सत्तासमीकरण गर्नुपरेको स्पस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्