Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्याङ्जामा २६२ नयाँ उद्योग दर्ता


0
Shares

स्याङ्जा, साउन ३० । गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।

यही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत शिवशंकर बानियाँले बताए । दर्ता भएका उद्योगबाट २९५ जना महिला र ५८७ जना पुरुषले रोजगारी पाएको बताईएको छ ।

Skip This