१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


नेवि संघको विवाद मिल्यो, बुधबार मतदान हुने


0
Shares

काठमाडौं, साउन ३१ । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको प्रतिनिधिकाबारेको विवाद मिलेको छ ।

फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेवि संघका प्रवक्ता युपी लामिछाने जानकारी गराए । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो ।

लामिछानेकाअनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

अब मंगलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ ।

उनका अनुसार उम्मेदवारको मनोनयन मंगलबार बिहान ११ बजेसम्म राखिएको छ ।

यही साउन २३ गते भृकुटीमन्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो । रासस