Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


७५ हजार विद्यार्थी स्कुल जान पाएनन्


0
Shares

काठमाडौं, साउन ३२ । अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरु सोमबार पढ्न जान पाएनन् । अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो– शैक्षिक हड्तालका कारण आज स्कुल बन्द रहनेछ ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अखिल (क्रान्तिकारी)ले देशभर शैक्षिक संस्था ठप्प पार्दा ७५ लाख बढी विद्यार्थी स्कुल जान बञ्चित भए । आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्तो पाए न अभिभावकलाई नै यसको कारणबारे त्यति थाहा भयो ।

बन्दबारे सोध्दा अधिकांश विद्यालय सञ्चालकले भने, ‘कुन संगठनले किन बन्द गरेको भन्ने औपचारिक जानकारी नै नभई हल्लाकै भरमा बन्द गर्नु पर्‍यो ।’

क्रान्तिकारीका कार्यकर्ताले सोमबार राजधानीमा केही विद्यालयमा तोडफोडसमेत गरेको उनीहरुले बताए । –कान्तिपुर दैनिकबाट