
भक्तपुर, साउन ३२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले दुई उपप्रधानमन्त्रीको भारत र चीन जाने हतारोले देशका लागि शुभसंकेत नगरेको बताएका छन् ।
मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले परराष्ट्रमन्त्री नै नियुक्त नगरी राजनीतिक दल विशेषको प्रतिनिधिजस्तो बनेर दुई उपप्रधानमन्त्री भारत र चीन जानु उचित नहुने बताए ।
परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले दुई देशसँगको सम्बन्धमा थप बलियोपन खोज्नपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्