
काठमाडौं, वैशाख २ । नेपालका वर्तमान संघउपनायक अग्गमहापण्डित धम्माचरिय भिक्षु डा. ज्ञानपूर्णिक महास्थविरलाई नेपालको सातौं संघनायक पदमा पदस्थापन गरिएको छ ।
गएको चैत २२ गते छैटौं संघनायक अश्वघोष महास्थविरको निधन भएपछि आइतबार अखिल नेपाल भिक्षु महासंघको पूर्ण बैठकले संघनायक पतिट्ठापनविधिसहित संघ–सम्मतिमा सातौं संघनायककारुपमा भिक्षु डा. ज्ञानपूर्णिकलाई सो पदमा पदस्थापन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्