३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


स्मिथ र वार्नर पनि अष्ट्रेलियाको विश्वकप क्रिकेट टोलीमा


0
Shares

काठमाडौं, वैशाख २ । एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ ।

१५ सदस्यीय टोलीमा बल बिगारेको आरोप लागेर एक वर्ष कारबाहीमा परेका पूर्वकप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नर पनि परेका छन् ।

आरोन फिन्चको कप्तानीमा घोषित टोलीमा शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचर्डसन, जेशन बेरन्डर्फ, एलेक्स क्यारी, नथन कुल्टर नाइल, प्याट कमिन्स, उस्मान खवाजा, नाथन लियोन, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

विश्वकपमा १२ टोलीबीच उपाधि भिडन्त हुँदैछ ।