Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


उत्तरी धादिङबाट ४६ नाल भरुवा बन्दुक बरामद


0
Shares

धादिङ, वैशाख २ । उत्तरी धादिङका रुबीभ्याली, गंगा–जमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

हिंसात्मक गतिविधिमा संलग्न भएपछि सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गाउँमा भएका भरुवा बन्दुकहरु दुरुपयोग गर्ने शंकामा धादिङको सुरक्षा निकायले गाउँ–गाउँमा भएका अवैधानिक हातहतियारहरु संकलन गर्ने अभियान सुरु गरेको हो ।

विभिन्न गाउँमा रहेका अवैधानिक हतियार खोज्ने अभियानकै लागि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेकै नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली केही समयअघि उत्तरी धादिङ गएको थियो ।

सुरक्षा निकाय हतियार संकलनमा आएको थाहा पाएपछि स्थानीयवासीहरुले स्वतःस्फूर्त नजिकको प्रहरीचौकीमा बुझाएका हुन् ।

अवैध हतियार सुरक्षा निकायलाइ बुझाउन भन्दै प्रहरीले गाउँ–गाउँमा समुदाय–प्रहरी–साझेदारी कार्यक्रममार्फत् जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।