
काठमाडौं, भदौ ६ । मधेसी नेताहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले मधेस आन्दोलनमा ज्यान गुमाउनेहरु, घाइतेहरु र सीमांकनलगायतका मागबारे सत्ता गठबन्धनका नेताहरुसँग कुरा गर्ने बताएका थिए ।
संविधान संशोधनसम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा दर्ता गर्ने पहल भइरहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसको पक्षमा सकारात्मक वातावरण बनाउन मधेसी नेताहरुलाई अनुरोधसमेत गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्