३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नयाँ बर्ष मनाउन भारतबाट घर फर्किएका धामीको घर नपुग्दै मृत्यु


0
Shares

डीबी विष्ट

बझाङ, वैशाख १ । नयाँ बर्ष मनाउनका लागि घर फर्किदै गरेका केदार स्युँ गाउँपालिका–७ का २८ वर्षीय धौले धामीको बाटोमै मृत्यु भएको छ ।

भारतबाट रोजगारी गरेर नयाँ बर्ष मनाउन घर जाँदै गरेका उनको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ को भातेभिर भन्ने ठाउँमा भीरबाट ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ढोड्याखेत गण्डकी सडक निर्माण गर्ने क्रममा निस्किएको ढुंगा लागेर शनिबार धामीको घटनास्थलमै मृत्यु भएको हो । धामीसँगै अन्य ७ जना साथीसमेत रहेको र अकास्मात लागेको ढुंगाले धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मान्छे आउँदै गरेको देखेर सडक काट्न स्काभेटर रोकेको भए पनि ढुंगा खसेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक धामीको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।