२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


खारेज गरिएको राष्ट्रिय पोशाक कायम गर्न माग


0
Shares

काठमाडौं । राष्ट्रिय पोशाक महाअभियानले तत्काल राष्ट्रिय पोशाक कायम गर्न माग गरेको छ ।

नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउँदै आएको महाभियानले आज राजधानीमा एक कार्यक्रम गरी मुलुकको समृद्धिसँग पहिचान पनि जोडिने भएकाले राष्ट्रिय पोशाक कायम गर्न माग गरेको हो ।

पहिचान विनाको समृद्धिको कुनै अर्थ नहुने भएकाले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न भनेको छ ।

यी पाँचै पोशाक २०६८ सालसम्म राष्ट्रिय पोशाककै रुपमा थिए । तर २०६८ सालमा तत्कालीन सरकारले राष्ट्रिय पोशाक खारेज गरेको थियो ।

कार्यक्रमका सहभागीहरुले मुलुकको पहिचाहनका लागि राष्ट्रिय पोशाक हुनैपर्नेमा जोड दिएका थिए ।