२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक


0
Shares

काठमाडौं, भदौ १० । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

हिजो निकालिएको ड्र अनुसार समुह ए मा फ्रान्सको पेरिस सेन्ट जर्मेन, इंग्लण्डको आर्सनल, स्विट्जरल्याण्डको एफ.सी बाजल र बुल्गेरियाको लुदोगोरेट्स परेका छन् ।

यसैगरी समुह बी मा पोर्चुगलको बेनिफीका, ईटालीको नापोली, युक्रेनको डाईनामो किभ र टर्कीको बेसिक्तास रेहका छन् भने समुह सी मा स्पेनको बार्सिलोना, इंग्ल्याण्डको म्यान्चेस्टर सिटी, जर्मनीको बोरुसीया एम्ब्याच र स्कटल्याण्डको सेल्टिक परेका छन् ।

बार्सिलोनालाई युरोपियन च्याम्पियन बनाएका प्रशिक्षक पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटी उनकै पुरानो क्लव बार्सासँग एकै समुहमा परेको हो ।

च्याम्पियन्स लिग फुटबलको समुह डी मा जर्मनीको बायर्न म्युनिख, स्पेनको एथ्लेटिको मड्रिड, नेदरल्याण्ड्सको आईन्डोभन र रुसको एफ.सी रोस्तोभ रहेका छन्भने समुह ई मा रुसको सि.एस.के.ए मस्को, जर्मनीको बायर लिभरकुजेन, इंग्ल्यण्डको टोटनह्याम र फ्रान्सको मोनाको रहेका छन् ।

सूमह एफमा स्पेनको रियल मड्रिड, जर्मनीको डर्टुमण्ड, पोर्चुगलको स्पोर्टिङ सीपी र पोल्याण्डको लेजिया रहेका छन् ।

समुह जी मा इंग्ल्याण्डको लेष्टर सिटी, पोर्चुगलको पोर्टो, बेल्जियमको क्लव ब्रुज र डेनमार्कको एफ.सी कोपनहेगन रहेका छन् भने अन्तिम समुह एच मा ईटालीको युभेन्टस, स्पेनको सेभिया, फ्रान्सको लियों र क्रोएसियाको डाईनामो जाग्रेब रहेका छन् ।

च्याम्पियन्स लिग फुटबलका समुह चरणका खेलहरु सेप्टेम्बर १३ तारिखबाट सुरु हुनेछन् ।