
काठमाडौं, भदौ १० । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोपियन वर्ष खेलाडीको उपाधि जितेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले आफ्नै क्लब एवं वेल्सका ग्यारेथ बेल र एथ्लेटिको मड्रिड एवं फ्रान्सका एन्टोनियो ग्रेजम्यानलाई पछि पार्दै उपाधि जितेका हुन् ।
रोनाल्डोले पोर्चुगललाई युरोकप जिताउनुको साथै रियल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिगसमेत जिताएका थिए ।
रोनाल्डोले गत सिजनको स्पेनिस लिगमा ३६ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १६ गोल तथा युरोकपमा तीन गोल गरेका थिए ।
यो वर्ष महिलातर्फको युरोपियन वर्ष खेलाडी भने फ्रेन्च क्लब ओलम्पिक लियोंकी नर्वेजियन खेलाडी आडा हेगरबर्ग घोषित भइन् ।
प्रतिक्रिया दिनुहोस्