
काठमाडौं, चैत ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सट गनमा प्रयोग हुने एक राउन्ड बुलेटसहित शनिबार फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिक ५४ वर्षीय रोगेर इल खौर्यलाई एक राउन्ड लाइभ बुलेटसहित प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको प्रस्थानकक्षको एक्स–रे मेसिनमा जाँच गर्नेक्रममा उनको झोलाबाट उक्त बुलेट फेलापरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्