Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


भरुवा बन्दुकसहित एक जना पक्राउ


0
Shares

बिराज रोस्यारा

कैलाली, चैत ३० । कञ्चनपुरको पुनर्वासबाट सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको गस्ती टोलीले नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ नमुना ईटा भट्टा क्षेत्रबाट भरुवा बन्दुकसहित आज बिहान एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार शाही बन्दुक लोड गरेकै अवस्थामा पक्राउ परेका हुन् । शाहीबाट ६५ वटा सिसाको गोलीसमेत बरामद गरिएको छ ।

शाहीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

शाही विगत दुई महिनादेखि सिकार खेल्दै आएको बुझिएको सशस्त्र प्रहरीले जनाएको छ ।